फाईल तस्बिर ।
बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको चुरे क्षेत्रमा पुगेको छ । बाँके राष्ट्रिय निुकञ्ज स्रोतका अनुसार बाघ चुरेको घोच क्षेत्र तर्फ गएको छ ।
यसअघि मानिसमाथि आक्रमण गर्दै आएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जलाई बुझाइएको थियो । चैत ५ गतेदेखि बाँके राष्ट्रिय निकुञ्जको ‘टाइगर होल्डिङ सेन्टर’ मा राखिएको १० वर्षको वयश्क बाघ मंगलबार बिहान डण्डी बंग्याएर भाग्न सफल भएको थियो ।
खोरको फलामे डण्डी बंग्याएर भागेको बाघ निकुञ्जको सुनसान चुरे घोँच क्षेत्रमा पुगेको हो । निकुञ्ज स्रोतका अनुसार खोरबाट गएको पाइला पछ्याउँदै जाँदा बाघ निकुञ्जको चुरे क्षेत्र तर्फ गएको देखिएको छ ।
खोरबाटै भाग्यो नरभक्षी बाघ, सतर्क रहन आग्रह
बाघ गएको क्षेत्रमा पानी तथा बासस्थानका लागि घोचहरु रहेकाले उ फर्किएर मानव बस्ती वा मानवीय गतिविधि हुने क्षेत्रमा आउने सम्भावना नरहेको निकुञ्ज स्रोतले जनाएको छ ।
यसबारे थप बुझ्न खोज्दा बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेको फोन उठेन ।
११ चैत्र २०७७, बुधबार १२:५२ प्रकाशित