६ जेष्ठ २०८१, आईतवार
खोरबाटै भाग्यो नरभक्षी बाघ, सतर्क रहन आग्रह
  • काँचुली खबर

बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डीङ सेन्टरमा राखीएको थियो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले गंगलभित्र नजान स्थानियलाई आग्रह गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ भागेको जानकारी आएको बताए । आफुहरु बाघलाई राखीएको खैरीस्थित टाईगर होल्डीङ सेन्टरको अनुगमन गर्न जान लागेको बताउँदै न्यौपानेले बाघ कसरी भाग्यो भन्ने बारे यकिन जानकारी नभएको बताए ।

गत बिहिबार बर्दियाबाट बाँकेमा ल्याईएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमण गरेको थियो ।

  • १० चैत्र २०७७, मंगलवार १४:५६ प्रकाशित
  • Nabintech