दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतको आदेश
  • काँचुली खबर

अदालतको फैसला विना ४० वर्ष भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको छ ।

अदालतले तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार परिवारले क्षतिपूर्ति मागे दिन निर्देशन दिएको हो । तिम्सिनाका परिवारले कानुनअनुसार क्षतिपूर्ति माग गरेको अवस्थामा क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दुर्गाप्रसादको मुद्दा विरलै हुने भन्दै अदालतले यस्तो आदेश दिएको एक वकिलले बताएका छन् ।

तर, अदालतले क्षतिपूर्ति दिन भनेको भएपनि क्षतिपूर्ति वापतको रकम कति हुन्छ, भन्ने अहिले खुलाएको छैन । कानुनले क्षतिपूर्ति दिन भनेपनि कति दिने भन्ने विषयमा भने केही खुलाएको छैन ।

तिम्सिना ४० वर्षदेखि भारतको पश्चिम बंगालका विभिन्न जेलमा रहेका थिए । उनी शनिवार मात्र रिहा भएका हुन् ।

कोलकाता उच्च अदालतको आदेश पनि शनिवार उनलाई दमदम सेन्ट्रल जेलले कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो । अहिले उनी इलामस्थित आफ्नो घरमा आइपुगिसकेका छन् ।

  • ९ चैत्र २०७७, सोमबार १७:४८ प्रकाशित
  • Nabintech