जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसँग भएको वार्ता रेशम चौधरीको रिहाइका लागि मात्रै हो, सत्ता साझेदारीका लागि हैन ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले कम्युनिष्ट र काँग्रेस दुबै शक्ति सरकार चलाउन असफल सिद्ध भएको भन्दै अब सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिनुपर्ने धारणा राखे । सरकारको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको भन्दै केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने पनि यादवले बताए ।
यादवले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र सम्भव नभए ओलीइतरका माओवादी केन्द्र र नेपाली काँग्रेससँग मिलेर संयुक्त सरकार बनाउने दावी गरे ।
१ चैत्र २०७७, आईतवार १८:५० प्रकाशित