अग्नीपिडितलाई साँसद अथकले दिए १ लाख १० हजार
  • काँचुली खबर

बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले अग्नीपिडितलाई सहयोग प्रदान गरेका छन । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नरैनापुर गाउपािलका १ सुईयामा भएको आगलागीका पिडितहरुलाई साँसद अथकले नगद सहयोग गरेका हुन । शुक्रबार अग्नीपिडितलाई भेट्न सुईया पुगेका साँसद अथकले आफ्नो पारिश्रमिक कटाएर २२ घरपरिवारलाई पाँच हजारका दरले १ लाख १० हजार सहयोग उपलब्ध गराएका हुन ।

त्यसक्रममा साँसद अथकले पिडितहरु परिवारकालागि घर निर्माणको पहल थालेको जानकारी गराएका थिए । सुरक्षित नागरीक आवास कार्यक्रम बाँके क्षेत्र नं. १ का संयोजक समेत रहेका साँसद अथकले अग्नीपिडितकालागि सुरक्षित नागरीक आवास कार्यक्रम अन्तर्गत घर निर्माणकालागि प्रति घरपरिवार ५० हजारका दरले नगद उपलब्ध गराउने घोषणा समेत गरेका छन । साथै घर निर्माणकालागि आवश्यक झ्याल, ढोका जिल्ला आपूर्ति समितिमार्फत उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

सहयोग प्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपाने, अबराज खड्का, मेराज खाँन लगाएतको उपस्थिती रहेको थियो ।

  • २८ फाल्गुन २०७७, शुक्रबार १८:०८ प्रकाशित
  • Nabintech