बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा बिहीबारदेखि सिटी एक्सप्रेस अन्तरगत विजय रेमिट्यान्स सेवा सुरु भएको छ । रेमिट्यान्स सेवाको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडा सदस्य पुर्ण बहादुर वलीले उद्घाटन गरेका छन ।
उदघाटन पछी प्रतिक्रिया दिदै वडा सदस्य वलीले राप्तीसोनारी वडा नं. ९ मा कुनै पनि बैक शाखा तथा प्रभावकारी रेमिट्यान्स सेवा नहुँदा स्थानीयले सास्ती झेल्नुपरेको बताउदै रेमिटेन्स सेवा संचालन भएपछि वडावासीलाई राहत पुग्ने बताए ।
रेमिट्यान्सका संचालक सोहनलाल थारुले स्थानीयवासीको माग र आवश्यकतालाई मध्यनजर गर्दै मनि ट्रान्सर्फर सेवा संचालनमा ल्याएको र आफुले सकेसम्म प्रभावकारी सेवा दिने बताए ।
रेमिट्यान्स सेवा सुरुभएसँगै स्वदेश तथा विदेशबाट आएको रकम सजिलै प्राप्त गर्न तथा रकम पठाउन स्थानीयवासीलाई सहज हुने भएको छ ।
अब यहाँका स्थानियहरुले सेन्चुरी एक्सप्रेस, सिभिल रेमिट, सिटीजन रेमिट, एभरेष्ट रेमिट लगायतका रेमिटहरुबाट पठाएको पैसा सजिलै प्राप्त गर्न तथा पठाउन सक्नेछ्न ।
२७ फाल्गुन २०७७, बिहीबार २१:०० प्रकाशित