म्यानमारका सैनिकले ननका अगाडी घुँडा टेके
  • काँचुली खबर

म्यानमारमा सैन्य कू विरुद्ध चलिरहेको विरोधलाई दबाउनका लागि सैनिक लगातार गोली बर्साइरहेका छन् । हालसम्म ६८ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । यहाँ मंगलबार विरोधको एउटा शक्तिशाली तस्बिर सार्वजनिक भएको छ ।

काचिनको मायित्किनामा गोली बर्साइरहेका सैनिकको अगाडि नन एन रोज नू तावंग उभिइन् । उनले सैनिकको अगाडि उभिएर भनिन्, ‘बच्चा, महिला, प्रदर्शनकारीमाथि गोली चलाउन बन्द गर्नुहोस् । सबैभन्दा पहिला मलाई गोली चलाउ… । म त्यतिबेलासम्म हट्ने छैन जबसम्म तपाईं यहाँबाट जानुहुन्न वा मेरो मृत्यु हुनेछैन ।’

नन रोजको व्यवहार देखेर सैनिकले बन्दुक तल राखेर आफ्नो हात जोडे र घुँडा टेके । पछि अधिकारीले ननलाई अब थप हिंसा नहुने विश्वास दिलाएपछि नन रोज त्यहाँबाट हटिन् ।

मानिसहरु कर्फ्यू तोडेर बाहिर निस्किए, ५ मिडिया संस्थानको लाइसेन्स रद्दः

हिरासतमा लिइएका २ सय विद्यार्थीको समर्थनमा म्यानमारको सबैभन्दा ठूलो शहर यांगूनमा मंगलबार पनि प्रदर्शन भयो । मानिसहरुले करफ्यूको उल्लंघन गरे । यो प्रदर्शनको समाचार प्रकाशित गरेको भन्दै सैन्य सरकारले देशका पाँच मिडिया संस्थानको लाइसेन्स रद्द गरिदिएको छ ।

सेनाले चुनाव नतिजा मान्न अस्विकार गर्यो:

म्यानमारमा ‘सैन्य कू’ लगत्तै मानिसहरुले सैन्य शासनविरुद्ध प्रदर्शन सुरु गरेका छन् । हरेक पटक सुरक्षाबलले प्रदर्शनकारीमाथि कठोर कदम उठाउँदै आएको छ । सत्ता सम्हालिरहेका सेनाले लोकतन्त्रको समर्थकमाथि कडा कदम उठाउन भनेको छ । देशकी सर्वोच्च नेता आङ सान सूकीलाई पक्राउ गरिएको छ । त्यस लगत्तैदेखि म्यानमारमा प्रदर्शन तीब्र रुपमा अघि बढिरहेको छ । नोभेम्बरमा भएको चुनावमा सूकीको पार्टीले जीत हासिल गरेको थियो तर सेनाले धाँधलीको कुरा गर्दै परिणाम स्विकार गर्न अस्विकार गरेको थियो ।

स्थितिबारे जानकारी दिँदै रोएका थिए राजदूत, सेनाले बर्खास्त गरिदियोः

यूनाइटेड नेशनमा म्यानमारका राजदूत क्या मो तुनको यो घटनाबारे जानकारी दिँदै गर्दा आँसु झरेको थियो । तुनले यूएनसँग म्यानमारको सैन्य शासनविरुद्ध कडा कारवाही गरियोस् र लोकतान्त्रिक व्यवस्थाको तत्काल बहाली गरिदिन माग गरेका थिए । म्यानमारको सैन्य शासनले यूएनमा सेनाविरुद्ध आवाज उठाउने आफ्नो राजदूतलाई पदबाट बर्खास्त गरिदिएको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार १४:१९ प्रकाशित
  • Nabintech