नेपालको राजनितिक परिवेशमा महिलाहरुको उपस्थिती न्युन देखिन्छ । केन्द्रदेखि स्थानिय तहसम्म हरेक स्थानमा पुरुषकै वर्चश्व रहेको हुन । तर कोहलपुरकी संगिता सुवेदीले भने पुरुषसँगै राजनिति तथा समाजसेवामा आफुलाई स्थापित गर्न सफल भएकी छन । कोहलपुर क्षेत्रकालागि समाजसेवासँगै राजनितिमा जमेको नाम हो, संगिता सुवेदी । विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भुमिकामा पुगिसकेकी सुवेदी कोहलपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्ष पदकालागि चुनावी मैदानमा होमिएकी छन ।
संघको शनिबार हुन लागेको निर्वाचनमा लोकतान्त्रीक सामावेशी व्यवसायी समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार संगिता सुवेदीले बिहिबार आफ्नो जन्मदिन विशेष तरिकाले मनाएकी छन । कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको रामजानकी मन्दिर राधाकृष्ण गुरुकुल विद्यायलमा अध्यनरत ५० जना विद्यार्थीहरुसँग सुवेदीले जन्म दिन मनाएकी हुन । साथै उनले मन्दिरमा पुजापाठ गरी गुरुकुलमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई साँझको खानाको व्यवस्था समेत गरेकी थिईन ।
यसकासाथै कोहलपुर नगरपालिका १० मा रहेको त्रिभुन माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुसँग पनि सुवेदीले आफ्नो जन्मउत्सव मनाएकी छन । यसअघिका हरेक वर्ष आफुले त्रिभुन माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुसँग जन्मदिन मनाउँदै आएको सुवेदीले बताईन । यस वर्ष पनि आफ्नो जन्मदिनमो अवसर पारी सुवेदीले दृष्टिविहिन विद्यार्थीहरुसँग जन्मदिन मनाएकी हुन् । सामाजिक कार्यमा तल्लीन उनले त्यहाँ रहेका दृष्टिविहीनहरुलाई साँझको खाना लगायतका परिकार खुवाएकी थिईन ।
विद्यार्थीहरुसँग जन्मदिन मनाउन पाउँदा आफ्नै परिवारका सदस्य जस्तो लाग्ने गरेको सुवेदी बताउँछिन । जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर बालबालिकाहरुसँगै रमाएर जन्मदिन मनाएको र अरुलाई पनि फजुल खर्च नगरि सामाजिक कार्यमा खर्च गर्न आग्रह गरिन् । सो अवसरमा सुवेदीका बुवा आमा र बालबालिकाहरुले जन्मदिनको शुभकामना दिएका थिए ।
विद्यार्थीहरुले खुसी हुँदै गित, विभिन्न नेताहरुको आवाजबाट जन्मदिनको शुभकामना दिएका थिए । साथै उनीहरुले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा बिजय हासिल हुने भन्दै अग्रिम शुभकामना समेत व्यक्त गरेका थिए । सामाजसेवालाई आफ्नो धर्म मान्ने सुवेदीले आफ्नो प्रत्येक वर्षको जन्म दिनमा दृष्टिबिहिन विद्यार्थी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुसँग मनाउने गरेकी छिन् । तर यस वर्ष विशेष कारणले निलसागर वृद्ध आश्रममा पुगेर जन्मदिन मनाउन नपाउँदा दुःख लागेको उनले बताईन् ।
संघको शनिबार हुने निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार सुवेदीले व्यवसायीहरुसँग आफु र आफ्नो टिमलाई निर्वाचनमा बिजय गराउन अनुरोध समेत गरिरहेकी छिन् । कोहलपुरमा २० वर्षदेखि व्यवसायी गर्दै आईरहेकी सुवेदी व्यवसायिक जीवनसँग राजनिति र समाजसेवामा समेत अग्रसर हुँदै आएकी छन । उनले विभिन्न संघसंस्थाहरुमा आवद्ध भई सफल नेतृत्व प्रदान समेत गरिसकेकी छिन् ।
कोहलपुर जेसीज वर्ष २०१९ को अध्यक्ष समेत भईसकेकी सुवेदी लायन्स क्लब अफ कोहलपुर कस्तुरीमार्फत विभिन्न सामाजिक कार्यमा सहभागी हुने गरेकी छन । उनि लायन्स क्लब अफ कोहलपुर कस्तुरीकी अध्यक्ष हुन । समाजमा बढिरहेका हत्या हिंसाका विरुद्ध उनीले अग्रमोर्चामा रहेर नेतृत्वदायि भूमिका खेल्दै आएकी छिन् । सुवेदीले निर्मला पन्त बलात्कार पछिको हत्याकाण्ड र भागरथी भट्टको बलात्कार पछि हत्याको घटनामा दोषिलाई कारवाहीको माग गर्दै कोहलपुरका महिलाहरुलाई संगठित गरी आन्दोलनको नेतृत्व समेत गर्दै आएकी छन ।
सुवेदीले नेपालमा आएका विभिन्न खाले प्राकृतिक विपद्का समयमा पनि विभिन्न सहयोग गर्दै आएकी छिन् । कोरोना भाईरसको महामारी पछि सरकारले जारी गरेको लकडाउनका बिचमा कोहलपुर नगरपालिका भित्रका १५ वटै वडामा सुत्केरी भएका महिलाहरुलाई सुवेदीले ब्यक्तिगत रुपमा अण्डा, ध्यू, नुन, तेल लगायत अन्य पौष्टिक खानेकुराहरु उपलब्ध गराएकी थिईन । प्राकृतिक विपद्को सारथी बनेकी वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार सुवेदी जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको सदस्य समेत भई आफ्नो जिम्मेवारी निर्वाह गरिहेकी छिन् । यसका साथै उनी नेपाल रेडक्रस सोसाईटी उप-शाखा कोहलपुरकी विशिष्ट सदस्य समेत हुन । समाज रुपान्तरण अभियानमा जोडिएकी सुवेदीले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफुलाई वाणिज्य तर्फको उपाध्यक्ष पदमा निर्वाचित गरिदिन व्यवसायीहरुसँग आग्रह गरेकी छिन् ।
२१ फाल्गुन २०७७, शुक्रबार १३:०३ प्रकाशित