युवा टिमलाई अवसर दिन पौडेलको आग्रह
  • काँचुली खबर

कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले युवाहरुको टिमलाई काम गर्ने अवसर दिन व्यवसायीहरुसँग आग्रह गरेका छन् । संघको शनिबार हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट अध्यक्ष पदको उम्मेद्वार पौडेलले कोहलपुर क्षेत्रका व्यवसायीहरुको सुख-दु:खमा दिनरात नभनि काम गर्ने प्रतिवद्धता सहित मतदान गर्न आग्रह गरेका छन् ।

पौडेल नेतृत्वको सो समूहले बुधबार कोहलपुरको एनसिसिएन, वडा नं. २ को वर्दहवाका व्यवसायीहरुसँग भेटघाट गर्दै अध्यक्ष पदका उम्मेद्वार पौडेलले कोहलपुर क्षेत्रको व्यवसायलाई आधुनकि र व्यवस्थित बनाउनका लागि यूवाहरु सहितको टिमलाई बिजय गराउनमा उनले व्यवसायीहरुसँग माग गरेका छन् । साथै सो क्षेत्रका व्यवसायीहरुले निर्वाचनको बेला भोट माग्न मात्र आउनु भन्दा पनि व्यवसायीहरुका विभिन्न समस्याहरुलाई सधै आफ्नो सम्झेर काम गर्न सुझाव दिएका छन् ।

व्यापारीहरुसँगको भेटघाटमा सो समूहबाट संघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराईले साना तथा ठुला व्यवसायीहरुलाई एउटै दृष्टिकोणबाट हेर्न सक्ने संघ बनाउनका लागि यूवाहरुको टिमलाई बिजय गराउन मतदाताहरुसँग आग्रह गरेका छन् । सो क्षेत्रका व्यवसायीहरुले लोकतान्त्रीक समावेशी व्यवसायी समूह उम्मेद्वारहरुलाई मतदान गर्ने प्रतिवद्धता जनाउँदै व्यवसायीहरुका पक्षमा काम गर्न सुझाव दिएको भट्टराईले बताएका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघको अब आउने नेतृत्वले व्यवसायी शुद्धता कायम गरी कोहलपुरलाई नेपालकै नमूना शहर निर्माणका लागि विभिन्न निकायहरुसँग सहकार्य गर्ने लक्ष्य लिईएको जानकारी दिँदै सम्पूर्ण मतदाताहरुलाई अमूल्य मतदान गरी आफ्नो टिमलाई बिजय गराउन अनुरोध गरेका छन् । साथै उनले कोहलपुर उद्योग वाणिज्य संघलाई चलायमान र गतिशिल बनाउनका लागि यूवाहरु नेतृत्व तहमा पुग्नुपर्ने भन्दै आफ्नो टिम यूवाहरुकै भएकाले मतदान गरी बिजय गराउन व्यापारीहरुसँग आग्रह गरेका छन् ।

संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्षका लागि चण्डी प्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि संगिता सुवेदी, महासचिव पदका लागि मात्रिका सापकोटा, उप-महासचिव पदका लागि दिपक बहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सह-कोषाध्यक्ष पदका लागि भरत खत्री रहेका छन् । त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत, यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी, दिपक वली, नविन कुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी रहेका छन्भने, महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल र एशोसिएट सदस्यमा दिप नारायण श्रेष्ठ र वस्तुगत सदस्यमा किरण केसीले उम्मेद्वारी रहेको छ ।

  • १९ फाल्गुन २०७७, बुधबार १७:२३ प्रकाशित
  • Nabintech