बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले शान्तिनगरवासीको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन । कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगरमा बस्दै आएका स्थानियहरु बसाई सराई, बिबाह दर्ता, जन्म दर्ता लगाएतका मौलिक हकको माग गर्दै केही दिनदेखी आन्दोलित छन । आफ्नो मौलिक हककालागि आन्दोलनमा उत्रिएका नागरिकहरुप्रति स्थानिय सरकारले वेवास्ता गरेको भन्दै साँसद अथकले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।
बिहिबार सामाजिक संजाल फेसबुकमा विज्ञप्ती जारी गर्दै अथकले प्रत्येक नागरिकको जन्म, मृत्यु, विवाह बसाइँ-सराइ आदीको दर्ता गर्नु राज्यको दायीत्व भएको उल्लेख गरेका छन । ‘कोहलपुर नगरपालिका र सम्बन्धीत वडा नं. ११ को दुरासयपूर्ण रबैयाको कारण हालसम्म पनि सो कार्य अगाडी नबढ्नु दुर्भाग्यपूर्ण हो ।’ अथकले अगाडी लेखेका छन, त्यसैले तत्काल उनीहरुको बसाइँ-सराइ दर्ता गर्न र भूमि ब्यवस्था आयोगको सुचना अनुसारको सुचिकृत गर्न हुन विशेष अनुरोध गर्दछु ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
साँसद अथकले कोहलपुर स्थित सम्पूर्ण राजनितिक दललाई उक्त समस्या समाधान गर्न तत्काल साझा पहल गर्न अपिल गर्दै साथै उनले शान्तिनगरवासीले गर्दै आएको जायज आन्दोलनप्रति एकेबद्वता समेत जाहेर गरेका छन ।
१३ फाल्गुन २०७७, बिहीबार १६:३९ प्रकाशित