प्रदेश १ को प्रदेशसभा बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन् ।
बैठकमा नेकपा केपी ओली पक्षका सांसद भने सहभागी भएनन् ।
आजको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर सभामुख भण्डारीले बैठक स्थगित नगर्ने अडान लिएका थिए ।
बैठकको कार्यसूचीमा अविश्वासको प्रस्तावको विषयमा छलफल हुने जनाइए पनि छलफल सुरु भने भएन ।
अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका थिए ।
९ फाल्गुन २०७७, आईतवार १६:१९ प्रकाशित