लायन्स कलव अफ कोहलपुर र मेचीमहाकाली बुहारी संयुक्त आवाज बाँकेले भागिरथी भट्टको हत्याको बिरोध तथा न्यायका लागि शान्तिपुर्ण सडक प्रदर्शन गरेको छ ।
बलात्कारपछि हत्या गरीएकी भट्टको न्यायको माग गर्दै बिहिबार बाँकेको कोहलपुरमा प्रदर्शन गरीएको हो । स्थानिय न्यूरोड चोक देखि साझा चोक हुँदै पुन: न्यूरोड चोक पुगेको र्याली कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्ने बक्ताहरुले भट्टका हत्यारालाई पक्राउ गरि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज बाँकेकी संयोजक उर्मिला अधिकारी पाण्डेले निर्मला हत्याकाण्डका अपराधिले अहिलेसम्म उन्मुक्ती पाएको भन्दै भागिरथी र निर्मलाको हत्यामा संलग्न अपराधिलाई तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरीन ।
कार्यक्रममा बोल्दै महिला नेत्रिहरु डा. डिला संग्रौला, किरण कोईराला, मन्जु रोकाय, सन्जु कुमारी थारु, नारायणी वली लगायतले बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका थिए ।
२९ माघ २०७७, बिहीबार १७:५१ प्रकाशित