बाँकेका पत्रकारलाई कोरोना खोप लगाउने कार्यक्रम स्थगित
  • काँचुली खबर

बाँकेमा कार्यरत पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । भोली संचारकर्मीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम तय भएको थियो । तर उक्त निर्णय भएको केही समयमै लुम्बिनी प्रदेश निर्देशनालयद्वारा हाललाई उक्त कार्य नगर्नु भनी निर्देशन आएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जनाएका छन । सोमबार जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले मंगलबार भेरी अस्पताल नेपालगन्जको खोप केन्द्रमा पत्रकारहरुलाई खोप लगाउने निर्णय गरेको थियो ।

मंगलबारदेखी बाँकेका पत्रकारलाई कोरोना खोप लगाईने

सोमबार बेलुका सामाजिक संजाल फेसबुकमार्फत ओलीले भोली तय गरिएको पत्रकारहरुको लागी खोप लगाउने कार्यक्रम हाललाई स्थगित भएको जनाएका हुन ।

  • २६ माघ २०७७, सोमबार २०:५५ प्रकाशित
  • Nabintech