निकुञ्‍जबाट हतियारसहित तीन जना पक्राउ
  • काँचुली खबर

बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित तिन जना पक्राउ परेका छन । निकुञ्जद्धारा संचालित ‘अपरेशन महाहण्ट-७’ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका-३, बस्ने वर्ष २० का वीरबहादुर पुन मगर, वर्ष ३८ का रमेश घर्ति र वर्ष २६ का खेमबहादुर थापा रहेका छन् । उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक समेत बरामद भएको नेपाली सेनाले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हतियारसहित निकुञ्‍ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा माघ २१ गते ६ नाल बन्दुकसहित पक्राउ परेका ९ जनालाई सोधपुछ गर्ने क्रममा शिकारी समूहका थप ३ जना पक्राउ परेका हुन् ।

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाएको छ ।

  • २६ माघ २०७७, सोमबार १८:४९ प्रकाशित
  • Nabintech