बाँके जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली मंगलबारदेखी कोरोना बिरुद्धको खोप लगाईने भएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ बाँकेका साथै देशभरका पत्रकारहरुलाई लगाईने भएको हो ।
जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार मंगलबार बिहान १० बजेदेखी भेरी अस्पतालमा रहेको खोप केन्द्रमा पत्रकारहरुलाई खोप लगाइने छ । खोप लगाउन चाहने पत्रकारहरुकालागि संस्थागत परिचयपत्र अनिवार्य गरीएको वलीले बताए ।
स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा जिल्लाभित्रका सबै पत्रकारहरुलाई कोरोना खोप लगाउने ब्यवस्था मिलाईएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले पुष्टि गरेका छन । थारुका अनुसार भोली एक दिनमा मात्र पत्रकारहरुलाई खोप लगाईने छ ।
२६ माघ २०७७, सोमबार १२:२७ प्रकाशित