आमहड्तालको पुर्वसन्ध्यामा कोहलपुरमा राँके जुलुस निकालिने
  • काँचुली खबर

फाईल तस्बिर ।

 

नेकपा प्रचण्ड-नेपाल पक्षले बिहीबार आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसन्ध्यामा बाँकेको कोहलपुरमा राँके (मशाल) जुलुस निकालिने भएको छ । नेकपा बाँकेको आकस्मीक बैठकले आमहड्तालको समर्थनमा बुधबार बेलुका राँके जुलुस निकाल्ने निर्णय गरेको हो ।

कोहलपुरस्थित सहित स्मृती भवनमा बसेको बैठकले बिहिबारको आमहड्ताललाई कडा बनाउने निर्णय समेत गरेको छ । नेपालगन्ज र कोहलपुरको चौराहलाई केन्द्र बनाएर आमहड्तालका कार्यक्रमहरु संचालन गर्ने निर्णय भएको नेकपा ५ नं. प्रदेश सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि नेकपाले त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषणा गरेको हो ।

यसअघि प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको नेकपा प्रचण्ड माधव पक्षले जनाएको छ । केपी ओली सरकारले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा प्रचण्ड-माधव पक्षले भत्र्सना समेत गरेको छ ।

आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ ।

  • २१ माघ २०७७, बुधबार १५:२० प्रकाशित
  • Nabintech