नेपाल युवा संघ बाँकेले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी भएको दुब्र्यहारको निन्दा गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल युवा संघ बाँकेका सह-संयोजक आकाश कार्कीले उक्त घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन ।
अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा हुलहुज्जत गर्दै स्वास्थ्यकर्मीमाथी हातपात गरीएको घटनाप्रति नेपाल राष्ट्रिय युवा संघ बाँकेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘स्वघोषित सामाजिक अभियन्ताका नाममा गरिने अपराधिक क्रियाकलापमा संलग्न ज्ञानेन्द्र शाही र उनका मतियारलाई अबिलम्ब पक्राउ गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’
आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका थिए । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य, नर्सिङ स्टाफ देवा जोशी लगाएत स्वास्थ्यकर्मीहरुमाथी दुब्र्यवहार गर्दै हातपात गरेका थिए ।
निगरानीका नाममा भेरी अस्पतालमा हंगामा
यस विषयमा भेरी अस्पताल प्रशासनले समेत विज्ञप्ती जारी गर्दै दोषिमाथी कडा कारवाहीको माग गरेको छ ।
२० माघ २०७७, मंगलवार २१:१८ प्रकाशित