कपडा ब्यवसायी संघ कोहलपुरको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एकराज भण्डारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार कोहलपुरमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा प्रकास भट्टराई, उपाध्यक्षमा पुर्ण पौडेल, महासचिवमा राज कुमार पौडेल, सचिवमा राजिव शर्मा पौडेल, कोषाध्यक्षमा विवेक सापकोटा तथा सदस्यहरुमा सितल योगी अधिकारी, पुष्प सापकोटा, डिल्लि सुबेदी, युवराज शाही र अनु आले चयन भएका छन ।
१७ माघ २०७७, शनिबार १८:४३ प्रकाशित