अमेरिकी संसदले राष्ट्रपति चुनावमा जो बाइडेनको जीतमा मुहर लगाएको छ । जर्जियामा डेमोक्रेटिक उम्मेद्वारको जीतसहित अमेरिकी सिनेटमा डेमोक्रेट्स र रिपब्लिकन्सको संख्या समान भएको छ । सिनेटमा सय सदस्य हुन्छन् र अब दुबै पार्टीको ५०-५० बराबारी भइसकेको छ । पहिलो अमेरिकी सिनेटमा रिपब्लिकन्सको बहुमत थियो ।
यसअघि अमेरिकी सिनेटको एक समूहले जबसम्म मतदानमा कथित गडबडीको अनुसन्धानका लागि एक आयोग गठन हुँदैन तबसम्म जो बाइडेनको जीतलाई प्रमाणित गर्न अस्विकार गरिनेछ ।
यसअघि देशका सबै ५० राज्यको इलेक्टोरल कलेजले जो बाइडेनले ३०६ मत पाएको पुष्टि गरेको थियो । चुनावमा जितका लागि इलेक्टोरल कलेजका २७० भोटको आवश्यक हुन्छ ।
२३ पुष २०७७, बिहीबार १५:५१ प्रकाशित