बाँकेमा कोरोना संक्रमणबाट थप एकजना वृद्धको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि १५ पुषमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए । रोगको प्रकृति अनुसार उनको उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट जिल्लाका ४७ जनाको मृत्यु भईसकेको छ ।
२० पुष २०७७, सोमबार २०:३० प्रकाशित