विभिन्न अपराधिक गतिविधिमा संलग्न ब्यक्तिहरुलाई बाँके प्रहरीले सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत बाँके प्रहरीले ६ वटा घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । जसमध्ये अबैध हतियारको कारोबारीदेखी मादक पदार्थ सेवन गरि सवारी चलाउनेसम्म ८ जना रहेका छन ।
प्रहरीले अवैध हतियारसहित बाँके डुडुवा गाउँपालिका १ का दिपक कुमार चौधरीलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले आफ्नै पसलमा बसिरहेका चौधरीलाई खानतलासी गर्दा कम्मरको दायँ तर्फ बेल्टले च्यापेर राखेको कटुवा पेस्तोल बरामद गरेको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।
त्यसैगरी प्रहरीले मोटरसाइकल चोरीमा संलग्न नेपालगन्ज ८ का विपिन बस्नेतलाई पक्राउ गरेको छ । गणेशपुरको तन्नु पान पसल अगाडी रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वरको मोटरसाइकल चोरेको अभियोगमा बस्नेत पक्राउ परेका हुन । उनीमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एसपी रानाले भन्सार छली भित्र्याइएको विभिन्न सामाग्रीसहित एक जनालाई पक्राउ गरीएको बताए । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका १ खडौचाका राहुल गुप्ता रहेका छन । भारतको रुपैडिया बस्नेत राहुल गुप्ता र सकिल खानले भारतिय नम्वरको मोटरसाइकलमा भन्सार छलि नेपाल ल्याउँदै गरेको अवस्थामा १ लाख ३० हजार मुल्य बराबरको सामग्री समेत बरामद गरीएको रानाले बताए ।
बाँके प्रहरी प्रमुख रानाका अनुसार विभिन्न समयमा हराएका हराएका ५५ वटा मोबाईल फेला पारेर सम्बन्धित ब्यक्तिलाई हस्तान्त्रण गरीएको छ । यस्तै बाँके प्रहरीले फरार अभियुक्तलाई पनि पक्राउ गरेको जनाएको छ । यौन दुरुपयोगको मुद्दामा अदालतबाट ६ महिना कैद सजाए भएर फरार भएका नेपालगन्ज १ बस्ने आकाश सार्कीलाई पक्राउ गरिएको हो । उनलाई २०७५ साल फागुन २९ गते अदालतले दोषी ठहर गर्दै ६ महिना कारागार चलान गरेको थियो । योसँगै बाँके प्रहरीले हालसम्म ४ सय ७८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको एसपी रानाले जानकारी दिए ।
२० पुष २०७७, सोमबार १७:२० प्रकाशित