खेलकुदलाई प्राथमिकतामा राखेका छौं : चौधरी
  • काँचुली खबर

कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले स्थानिय सरकारले खेलकुदलाई प्रमथमिकतामा राखेको बताएकी छन । सोमबारदेखी बाँकेको कोहलपुरमा सुरु भएको ‘केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता’ को उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चौधरीले नगरपालिकाले आफुनो बजेटमा खेलकुदलाई प्राथमिकतामा राखेको जिकिर गरीन ।

क्रिकेट क्षेत्रको विकासका लागि आफु निरन्तर लागिरहेको जिकिर गर्दै चौधरीले क्रिकेट लगायत समग्र खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार योगदान गर्न तयार रहेको बताईन् ।

कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोचेजती काम नभएपनि हरेक वर्ष सानातिना संरचना निर्माण भईरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा स्थानिय सरकार मार्फत प्रयाप्त मात्रामा बजेट विनियोजन गराउन आफु प्रतिवद्ध रहेको चौधरीको भनाई थियो ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले बाँकेमा क्रिकेट खेलको विकासकालागि लगानी गर्न निजि क्षेत्र तयार रहेको बताए । कोहलपुरमा क्रिकेटले जति सफलता पाउनुपर्ने हो त्यति हुन सकेको प्रति दुख ब्यक्त गर्दै अधिकारीले आगामी दिनमा संचालन हुने क्रिकेट गतिविधिमा निजि क्षेत्रबाट प्रयाप्त मात्रामा सहयोग उपलब्ध गराउने घोषणा समेत गरे ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तथा कोहलपुर क्रिकेट मैदान संरक्षण तथा ब्यवस्थापन समितिका संयोजक कर्ण बहादुर थापाले कोहलपुरको क्रिकेट विकास हुन नसक्नुमा स्थानिय जनप्रतिनिधिहरु दोषि भएको जिकिर गरे । प्रयाप्त सम्भावना रहेको क्षेत्रको विकासमा कोहलपुर नगरपालिकाले अपनत्व जनाउन नसक्दा कोहलपुर क्रिकेट मैदानको विकास सोचेजस्तो हुन नसकेको बताउँदै थापाले केन्द्र, प्रदेश र स्थानिय स्तरबाटै मैदान निर्माणकालागि पहल गर्नुपर्ने धारणा राखे ।

भोलीदेखी ‘केसिए कोहलपुर क्रिकेट प्रतियोगिता’

कार्यक्रमका अतिथि तथा कोहलपुर वडा नं. १० का अध्यक्ष निम बहादुर चलाउने (निरज) ले कोहलपुर क्रिकेट मैदान यस क्षेत्रको महत्वपूर्ण खेल मैदान भएकाले यसको बिकास गरिनुपर्ने बताए ।

शारदा एजुकेशन पार्कको आयोजना तथा के.सि.ए. कोहलपुर क्रिकेट एकेडेमीको प्राविधिक सहयोगमा सोमबारदेखि सुरु भएको प्रतियोगिता १ सातासम्म चल्ने छ ।

  • २० पुष २०७७, सोमबार १६:३८ प्रकाशित
  • Nabintech