नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले नेकपा बिभाजित भएको नभई केपि ओली प्रवृत्ति चोईटिएको बताएका छन । पार्टीको संस्थागत निर्णय उलङ्घन गर्ने र सधैभरी पार्टी भित्र गुट सञ्चालन गर्दै आएको केपी ओली प्रवृत्ति नेकपाबाट बाहीरीएको उनले बताए ।
आईतबार नेकपा कोहलपुर नगर कमिटीको पुर्ण बैठकलाई सम्बोधन गदै नेता अथकले हाल एमाले र माओवादी नामको पार्टी बैधानिकतामा नरहेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चोईटिएको समुहले समग्र आन्दोलनलाई नै भ्रम छर्ने प्रयास गरीरहेको दाबि गरे ।
कार्यक्रममा बोल्दै नेकपा लुम्बिनी प्रदेश कार्यदल सदस्य दल बहादुर सुनारले एमाले पार्टी बनाउने भन्दै जनतामा भ्रम छरिएको बताउदै एमाले नामक पार्टी खरानी भएर त्यसैको जगमा नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको बताए । उनले नेकपाबाट केहि गलत प्रवृत्ति बाहिर गएकाले अब सामाजवादी अन्दोलनलाई पुर्णता दिन थप सहजता पैदा भएको बताए । उनले चोईटिएको समुहमा पुर्व माओवादी आन्दोलनमा रहेका खराव प्रवृत्ति र पुर्व एमालेमा रहेका केपि ओली पक्षधर मानिसहरुको गठजोड बनेको भन्दै सो समुहले समाजमा छरेको भ्रम चिन्नु नै सच्च नेकपा कार्यक्रताको दायित्व भएको बताए ।
कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आई.पि. खरेल, सचिव असोक कोईराला, नेताहरु नरेन्द्र न्यौपाने, असोक रोकाय, दिपक जि.एम., अब्दुल हुसेन खाँ, रेणुका खड्का, अवराज खड्का लागायतको सहभागिता रहेको थियो ।
नगर कमिटिको बैठकले प्रधानमन्त्रीको असंबैधानिक कदमका बिरुद्ध आन्दोलनका कार्यक्रम पनि तय गरेको नगर अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिईन । अधिकारीका अनुसार पौस २१ गते सबै वडाहरुमा प्रशिक्षण सञ्चालन गर्ने र सोही प्रशिक्षणबाट वडा स्तरमा संघर्ष समितीहरु गठन गर्ने निर्णय गरेको छ ।
बैठकले माघ २ गते सबै वडाहरुमा बिरोध सभा गर्ने, ५ गते कोहलपुरको खुला मञ्चमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले जानकारी दिईन । बैठकले नगर कमिटी सदस्य रेशम खत्रीलाई कारबाही गर्ने र सोको अनुमोदनका लागी जिल्लामा सिफारीस गर्ने निर्णय गरेको अधिकारीले बताईन ।
सोही बैठकले कोहलपुरमा आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन नगर सचिव तुलाराज बिष्ट बिहानीको संयोजकत्वमा अ्रन्दोलन परिचालन समिती समेत गठन गरेकोे अध्यक्ष अधिकारीले जानकारी दिईन ।
१९ पुष २०७७, आईतवार १६:२६ प्रकाशित