बाँकेको कोहलपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो पौष २५ गतेदेखि माघ १ गतेसम्म कोहलपुर नगरपालिकामा-१४ हवलदारपुरमा प्रतियोगिता सञ्चालन हुने च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले जानकारी दिए ।
प्रतियोगितामा बाँके जिल्ला लगायत अन्य जिल्लाबाट समेत सहभागि हुन पाउनेछन् । कोरोना महामारीका कारण लामो समयसम्म खेलकुद गतिविधि हुन नसकिरहेको अवस्थामा खुल्ला भलिबल प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि समेत प्रदान गरीने आयोजक टिमका अध्यक्ष विष्टले बताए ।
राष्ट्रिय तथा स्थानिय स्तरका १४ वटा टिमलाई सहभागि गराउने लक्ष्यकासाथ आयोजना गर्न लागिएको प्रतियोगिताकालागि २ लाख ४९ हजार ९ सय पचास अनुमानित लागत रहेको कार्यक्रम संयोजक सुधन कुमार गुरुङ्गले बताए ।
गुरुङका अनुसार प्रतियोगिताको मुख्य प्रायोजककालागि २५ हजार, सहप्रयोजककालागि १५ हजार र प्रायोजककालागि कम्तीमा ४ हजार तोकिएको छ ।
१९ पुष २०७७, आईतवार १३:४२ प्रकाशित