योजना तर्जुमा भेला सम्पन्न
  • काँचुली खबर

कोहलपुर वडा नं. १० मा योजना तर्जुमा भेला सम्पन्न गरिएको छ । आगामी आर्थिक वर्षमा वडा भित्र संचालन गरिने योजनाहरु तय गर्नकालागि आयोजित भेलाले वडाभित्र प्राथमिकताका आधारमा योजनाहरु तर्जुमा गर्नुपर्ने निश्कर्ष निकालेको वडा नं. १० का वडा अध्यक्ष निरज चलाउनेले बताए ।
भेलामा सहभागी हुन पुगेका बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले प्राथमिकताका आधारमा योजना बनाउन आग्रह गर्दै सौहार्दपुर्ण वातावरणमा बिकासका कार्यहरु अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । उनले स्थानिय सरकारले योजना तर्जुमा गर्दा स्थानियहरुको मागलाई सम्बोधन गर्ने निति लिनुपर्ने भन्दै प्रदेश र केन्द्र सरकारले सम्पूर्ण अधिकार स्थानिय तहमा निहित गरेको बताए ।


आफ्नाे निर्वाचन क्षेत्रमा संचालन भईरहेका योजनाहरुको अनुगमनकालागि गृहजिल्ला आएको बताउँदै साँसद अथकले सरकारले हालै ल्याएको बजेटबाट साँसदहरुलाई समेत केही रकम छुट्याएकाले त्यसबाट नयाँ योजनाहरु संचालनकालागि आफुले निरन्तर पहल गरिरहेको बताए ।
उक्त भेलाबाट आगामी आर्थिक वर्षकालागि योजनाको खाका तयार पारिएको र त्यसकैको आधारमा योजनाहरु संचालन गरिने वडाध्यक्ष चलाउने जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • ३१ जेष्ठ २०७५, बिहीबार ०८:५३ प्रकाशित
  • Nabintech