बिशेष छुटका साथ सिबी इन्टरनेसनल कन्सल्टेन्सि
  • काँचुली खबर

कोहलपुर –  प्रदेश नं. ६ र ७ को केन्द्र बिन्दुमा रहेको कोहलपुर पछिल्लो समयमा बिभिन्न भौतिक पुर्बाधार लगाएत शैक्षिक क्षेत्रमा पनि फड्को मार्दै गएको छ । कोहलपुर क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ सिबि इन्टरनेसनल कन्सल्टेन्सी गोलपार्क नजिक रहेको छ । सिबी मार्फत अहिले सम्म उच्च शिक्षाकालागि बिदेश जाने बिद्यार्थीहरुको संख्यामा बृद्धि भएको छ । स्थापना भएको छोटो समयमानै नौँ जना बिद्यार्थीहरु बिदेश पढ्नकालागि गएको कन्सल्टेन्सीका शाखा प्रमुख रोहित चन्द ठकुरीले बताए । अहिले पनि यहाँ पढ्ने बिद्यार्थीहरुको चाप बढि रहेको चन्दले बताए । बिशेष गरि अष्ट्रेलिया, युरोप, कोरिया र जापनका लागि आइल्स कक्षा, जापानिज भाषा र कोरियन भाषाको अध्यापन गराइन्छ ।    
नेपालगन्ज र कोहलपुर कै उत्कृष्ट मानिएको यस कन्सल्टेन्सीले आइल्स काक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको प्रमुख चन्दले बताए । अहिले यस कन्सल्टेन्सीमा जापनीज भाषाका लागि ३५ , आइल्स कक्षाका लागि १६ र कोरिएन भाषाकालागि ३० जना बिद्यार्थीहरु रहेको समेत चन्दले बताए ।
यहाँ दक्ष शिक्षकहरुबाट सिकाइने भएको हुदा पनि बिद्यार्थी र अबिभाबकहरुको रोजाईमा पर्न सफल भएको चन्दको भनाई रहेको छ । यहाँ पढेका बिद्यार्थी र बाहिर पढ्न जाने बिद्यार्थीहरुकालागि सबै प्रक्रियामा सहजिकरण गर्ने भएको हुदा बिद्यार्थीहरुलाई सहज वाताबरण बनाईने हुदा पनि यो सबैको रोजाईमा पर्न सफल भएको हो । 
बिद्यार्थीहरुको आवागमनलाई मध्यनजर गर्दै यस कन्सल्टेन्सिले अंग्रेजी नयाँ बर्षसम्म भर्ना ह्ुन आउने बिद्यार्थीहरुलाई बिशेष छुटका साथ भर्ना गरिने ब्यबस्था गरेको छ ।

  • १० पुष २०७५, मंगलवार ०८:५० प्रकाशित
  • Nabintech