जेष्ठ नागरिकलाई सम्मान
  • काँचुली खबर

खजुरा – खजुरा गाउँपालिका वडा नं ३ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ७५ बर्ष भन्दा माथिका १ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्मल र बाटो खर्च १ सय नगद रुपैया सहित सम्मान गरिएको हो । वडा नं ३ का बृद्धबृद्धा जेष्ठ नागरिकलाई एक कार्यक्रमका बीच खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले सम्मान स्वरुप एक थान न्यानो कम्मल सहित नगद १ सय रुपैया दिएर सम्मान गरे । उनले खजुरा गाउँपालिकाले ८ वटै वडाका जेष्ठ नागरिकलाई सम्मान गर्दै आएकोे र भबिश्यमा पनि गर्दै जाने बताए ।

पौष १६ गते देखि ८ वटै वडाका जेष्ठ नागरिकलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने प्रमुख कक्षपतिले जानका री दिए । उनले स्वास्थ्य शिबिरमा जेष्ठ नागरिकको आँखा, कान, प्रेशर लगायतका रोगहरुको बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण गरिने बताए । गाउँपालिकाले दिने सेवा प्रबाहलाई अझ प्रभावकारी बनाउन जेष्ठ नागरिक सम्मान कार्यक्रमले अझ टेवा पुग्नेमा वडा नं ३ का अध्यक्ष कान्तुराम गौतमले विश्वास ब्यक्त गरे । उनले खजुरा गाउँपालिकाले जनताले पाउने सेवा सुबिधामा कुनै कमी नहुने बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख किस्मत कुमार पक्षपति, उप प्रमुख एकमाया बिक, प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी र वडा नं ३ का अध्यक्ष कान्तुराम गौतमले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन ।

  • ९ पुष २०७५, सोमबार ०८:३२ प्रकाशित
  • Nabintech