नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसँग जोडिएर आएका विभिन्न प्रकारका घटना तथा समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावत, नगर उपप्रमुख सञ्जु कुमारी चौधरीका छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी सिंगो कोहलपुर नगरपालिकाको गरिमा माथि आँच आउने गतिविधि गरेको भन्दै यस्ता क्रियाकलाप तत्काल बन्द गरी जनताको भावना अनुसार स्थानिय सरकार सञ्चालन गर्न सुझाव दिएका छन् । साथै उनले विज्ञप्ती मार्फत कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुलाई यस्ता गलत क्रियाकलापहरु पुन नगर्न, नगराउन चेतवनानी समेत दिएका छन् । ‘जनताको विश्वास लिएर निर्वाचित भएका जनप्रतिनिधिहरु आरोप प्रत्यारोपणमा लाग्नु अत्यन्तै दुखद हो’ विज्ञप्तीमा उल्लेख छ । त्यस्तै स्थानिय सरकारमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले नगर प्रमुखले सबै जनप्रतिनिधिहरुलाई मिलाएर जानुको विकल्प नभएको भन्दै बहुमतको दम्भका आधारमा अगाडि नबढन चेतवानी समेत दिएका छन् ।
कोहलपुरका जनताले मत दिएर निर्वाचित भएका जनप्रतिनिधिहरुलाई जनताको विश्वास र मतको कदर गर्दै पदिय मर्यादा, गरिमा र जिम्मेवारीको बोध गर्न नेपाली काँग्रेस कोहलपुरले आग्रह समेत गरेको छ ।
साथै नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानिय सरकार सञ्चालन ऐन, नीति, विधि र विधान अनुसार अगाडि बढ्न सचेत गराईएको छ । पछिल्लो समय कोहलपुर नगरपालिकामा सार्वजनिक लेखा समिति गठनको विषयमा केहि विवाद उत्पन्न भएपछि लोकतन्त्रीक शासन पद्दतिलाई आत्मा साथ गरेको नेपाली काँग्रेसले जनताको भावना अनुसार जनप्रतिनिधिहरुले कार्यसम्पदान गर्नुपर्ने जनाएको छ ।
७ पुष २०७५, शनिबार १९:३३ प्रकाशित