राम्री बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो
  • काँचुली खबर

राम्री बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारकालागि काठमाण्डौ लगिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारकालागि शनिवार काठमाण्डौ लगिएको हो ।
घाइते १५ जनामध्ये कोहलपुरमा उपचाररत १२ जनालाई थप उपचारकालागि काठमाण्डौं लगिएको हो । शुक्रवार अपरान्ह करीब ४ बजे विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नं. को बस दुर्घटना भएको थियो । तुलसीपुर उपमहानगरपालिका-३ घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बस दुर्घटनामा परेको थियो ।
३८ यात्रु सवार बस करिव सात सय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, ३ गाडीका कर्मचारी, २ शिक्षक र १ शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ । दुर्घटनामा हालसम्म २३ जनाको मृत्यु भएको छ भने गम्भीर घाईतेहरुको उपचार भईरहेको छ ।

  • ७ पुष २०७५, शनिबार १८:५८ प्रकाशित
  • Nabintech