आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले शनिबार बिहान नवनिर्मित भवनको उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले आत्मनिर्भर अर्थतन्त्रकालागि राज्यले केही वस्तु संरक्षणको नीति लिएको बताए ।
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नव निर्मित भवनको शनिबार उद्घाटन गर्दै मन्त्री खतिवडाले सिमेन्ट, चिनी लगायतका केही आधारभुत वस्तुमा सरकारले आत्मनिर्भर हुन चाहेको बताए । कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले करको दायरा बढाउँदै सुविधा पनि दिएको भन्दै करको दायराभित्र समावेश हुन सम्वद्धहरुलाई आग्रह गरे । नेपालगञ्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले उद्योगी ब्यवसायीले डररहित वाताबरण चाहेको बताए । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलका अनुसार, चार करोड ३८ लाख रुपिया लागतमा नयाँ भवन निर्माण सम्पन्न भएको हो । पौडेलले निर्माण कम्पनीलाई धन्यबाद पनि दिएका थिए ।
७ पुष २०७५, शनिबार १५:१३ प्रकाशित