नगरपालिका विधि-विधान अनुसार संचालित छ : नगर प्रमुख रावत
  • काँचुली खबर

प्रचलित कानुनकै आधारमा नगरपालिकाको काम कारवाही संचालन गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन । बिहिबार नगरपालिका कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रावतले आफुले अधिनायकवाद लाद्न नखोजेको स्पष्ट पारेका हुन । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आफुहरुलाई वेवास्ता गर्दै आफु खुसी निर्णय गर्ने र त्यसलाई जवरजस्ती लागु गराउँदै आएको आरोप लगाएको प्रति लक्षित गर्दै नगर प्रमुख रावतले भने, ‘विकास समितिबाट हट्नुपरेपछि केही साथीहरु अनर्गत प्रचारवाजीमा उत्रनु भएको छ, यो सिङ्गो नगरपालिकाकालागी राम्रो कुरा होईन ।’
कार्यपालिका सदस्यहरुमध्यबाटै विकास समितिको संयोजक चयन गर्नुपर्ने प्रावधान अनुसार नै सामाजिक विकास समिति र विपद ब्यवस्थापन समितिको संयोजकमा केही हेरफेर गरिएको स्पष्ट पार्दै नगर प्रमुख रावतले भने, ‘हामीले आफु खुसी कसैलाई संयोजक बनाएका छैनौं, स्थानिय सरकार सञ्चालन ऐन-२०७४ को प्रावधानमै टेकेर यस्तो निर्णय गरेका हौं ।’ प्रमुख रावतले कानुनी सल्लाहकारलाई गत आर्थिक वर्षमा कुनै सेवा सुविधा उपलब्ध नगराएको समेत स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले कोहलपुर नगरपालिका कार्यालयमा कुनै खालको अनियमितता नभएकाले भ्रममा नपर्न संचारकर्मीहरुलाई आग्रह गरे । पद नपाएको आवेगमा केही ब्यक्तिहरुले सिङ्गो नगरपालिकाको बदनाम गर्ने प्रयास गरिरहेकोतर्फ नगरपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता रिजालले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको, ‘स्थानिय सरकार सञ्चालन ऐन-२०७४ को दफा १६ को उपदफा ४ को ‘घ’ को प्रावधान अनुसार केही विषयगत समितिका संयोजकहरु हेरफेर गरीएपश्चात नगरपालिकाकै उप-प्रमुख सहित केही वडा अध्यक्षहरुले बारम्बार नगरपालिकको गरिमा, प्रतिष्ठा र सिङ्गो नगरपालिकाप्रति नै जनताको अविश्वास पैदा हुने गरी आर्थिक अनियमितताको भ्रामक प्रचारवाजी गरिरहेको विषयमा कोहलपुर नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तीमा अगाडी भनिएको छ, ‘लेखा समितिको विषयलाई लिएर गरिएको प्रचार पनि भ्रामक रहेको र आम नगरवासीलाई समेत गलत समाचारद्धारा प्रभाव गर्ने कुचेष्टा मात्र हो ।’ गत कात्र्तिक ३० गते बसेको बैठकले लेखा समिति गठन गर्नकालागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको बताउँदै प्रवक्ता रिजालले नेपालको संविधान र स्थानिय सरकार सञ्चालन ऐन-२०७४ को प्रावधान अनुसार नगरपालिकाको आगामी हिउँदे नगरसभाबाट लेखा समिति गठन गरिने जानकारी समेत दिए ।

 

उपमेयरको आरोप

नगरपालिकामा अधिनायकवाद हावी भयो : उपप्रमुख चौधरी

  • ५ पुष २०७५, बिहीबार १९:३२ प्रकाशित
  • Nabintech