जग्गा किन्न गएका ज्वाई-जेठानको दर्दनाक मृत्यु
  • काँचुली खबर

बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा परी सुर्खेतका दुई ब्यक्तीको ज्यान गएको छ । भारतीय सेना समेत रहेका सुर्खेत लेकबेसी नगरपालिका-१ का बिक्रम गहतराज र गुर्भाकोट-१२ का मदन सुनारको मृत्यु भएको हो ।
बिदामा घर आएका गहतराज र सुनार जग्गा किन्न कोहलपुर आएका थिए । नाताले ज्वाई(जेठान रहेका उनिहरु कोहलपुर नजिकै जग्गा पास गरेर घर फर्कदै थिए । घर फर्कने बेला बांकेको बैजनाथ गाँउपालिका जि गाउँमा स्कूल बसले उनिहरु सवार मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर बिसीले जानकारी दिए । उनीहरु भारतबाट केही दिनको छुट्टीमा घर आएका थिए ।

सम्झानाचोक जादै गरेको बालज्योती स्कुलको बा १ क ४४९५ नम्बरको बस र बाँसगढीबाट कोहलपुर आउँदै गरेको लु ४३ प ९५९९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए । घटना भएपछि गमभीर घाइते भएका मोटरसाईकल चालक र पछाडी बसेका दुबै जनालाई उपचारकालागि कोहलपुर मेडिकल कलेज पुर्याईएपनि डक्टरहरुले दुबैलाई मृत घोषणा गरेका थिए ।
मृतकको सनाखन भइसकेकाले उनीहरुको आफन्तहरु बुझाउने तयारी भईरहेको प्रहरी निरिक्षक बिसीले बताए । शब कोहलपुर नै राखिएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

  • २ पुष २०७५, सोमबार १८:३४ प्रकाशित
  • Nabintech