प्यूठान उद्योग बाणिज्य संघमा कक्षपतिको नेतृत्व
  • काँचुली खबर

प्यूठान उद्योग बाणिज्य संघको १० औं अधिवेशनबाट संयुक्त व्यवसायिक प्यानलका केदारमान कक्षपती अध्यक्ष रहेको प्यानलनै विजयी भएको छ । शनिबार राति अबेर सम्पन्न मतगणनाबाट कक्षपती १ हजार ४२ मत प्राप्त गरि अत्याधिक बहुमतले विजयी भएका हुन् ।
प्रतिद्धन्दी आधिकारिक व्यवसायिक प्यानलका प्रमोद पोख्रेलले २ सय ३८ मत प्राप्त गरे । संयुक्त प्यानललाई नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा लगायत दलले समर्थन गरेका थिए भने आधिकारिक प्यानललाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।
सबै पदाधिकारीमा संयुक्त प्यानल भारी मतका साथ विजयी भएको हो । ९३१ मतका साथ बरिष्ठ उपाध्यक्ष पदमा यज्ञबहादुर के.सी. (प्रभात), ९५६ मत लिई प्रथम उपाध्यक्ष (बाणिज्य) पदमा दुर्गाप्रसाद भुसाल, ९४९ मतका साथ महासचिव पदमा कृष्णभक्त गिरी, ९२६ मत लिई कोषाध्यक्ष पदमा सुरेन्द्र बहादुर जि.सी. निर्वाचित भएका छन् । द्धतिय उपाध्यक्ष (उद्योग) मुक्ति पोख्रल र उपमहासचिवमा पदम खड्का निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचत अधिकृत तथा जिल्ला बार ईकाई प्यूठानका अध्यक्ष शिवराज पण्डितले जानकारी दिए ।
आधिकारिक प्यानल तर्फबाट बरिष्ठ उपाध्यक्ष रामचन्द्र पौडेलले ३२६ मत, प्रथम उपाध्यक्ष केशवराज पण्डितले २९९ मत, महासचिव दधिराम भण्डारीले ३०६ मत र कोषाध्यक्ष सनत श्रेष्ठले ३२१ मत प्राप्त गरेका थिए ।
२ हजार ४१ मतदाता रहेकोमा १ हजार २९९ मत खसेको थियो ।

सात वटा वस्तुगत सदस्य तर्फबाट सूर्यचन्द्र खनाल र एशोशियट सदस्य तर्फबाट झविन्द्र शर्मा निर्वाचित भइ सकेका छन् । ९ वटा बजार इलाका रहेको संघमा इलाका प्रतिनिधि र अध्यक्ष स्वतः सदस्य हुने व्यवस्था छ रहेको संघले जनाएको छ । निर्बाचित भए लगतै प्रतिक्रिया दिदै अध्यक्ष केदारमान कक्षपतीले भनेका छन हामिले चुनाबको बेला मतदातासंग उठाएका नारा र मुद्दाहरूमा व्यावसायिको पक्षमा कार्यान्वयन गर्दै जाने बताए । अब स्थानीय सरकारले पनि लगानी मैत्री बाताबरण गर्नु पर्ने त्यसको लागि हामि व्यावसायिहरु हातमा हात मिलाएर अगाडि बढन तयार रहेको बताए । देशले अबलम्ब गरेको समृद्धिको नारालाई साकार पार्न केन्द्र प्रदेश स्थानीय सरकार र हामी मन वचन कर्मले लगानीको बाताबरण सृजना गरे मात्र मुलुकले लिएको समृद्धिको नारा पूरा हुने बताएका छन ।

ब्यबसायिका प्यान लगाएत करका दायराका बिषयमा समस्या भएकोले समस्या समाधान गर्न पहल गर्ने बताए । चुनाबमा हारजित स्वभाविक भएकोले व्यावसायिकका साझा मुद्दामा सहकार्य गरेर लाग्न समेत प्रतिपक्षीलाई आग्रह गरेका छन । व्यावसायिहरु अनुशासित मर्यादित भएर उपभोक्तलाई सेवा दिन समेत आग्रह गरेका छ । अन्तमा निर्वाचन गराउन सहयोग गर्ने सबै मतताता सघ सस्था सरकारी कार्यालय पत्रकारहरुमा आभार ब्यक्त गरेका छन ।

  • १ पुष २०७५, आईतवार १६:४९ प्रकाशित
  • Nabintech