नेकपाले बाँकेका ८ वटै स्थानिय तहका पदाधिकारीको टुङ्गो लगायो
  • काँचुली खबर

नेकपा ५ नं. प्रदेश कमिटीले बाँकेका ८ वटा स्थानीय तहका पदाधिकारीहरु चयन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न बैठकले ८ वटा तहका अध्यक्ष र सचिव चयन गरेको हो । जिल्ला कार्यदलको सिफारिस अनुसार पदाधिकारी चयन गरिएको हो ।
पुर्ब एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पुर्ब ३ वटा स्थानिय तहमा अध्यक्ष पाएको छ । पार्टिको केन्द्रिय निति अनुसार अध्यक्ष र सचिव भने फरक–फरक पार्टीबाट राखिएको नेकपा ५ नं. प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए । । बैठकले चयन गरेका पदाधिकारीहरु यसप्रकार छन ।

नेपालगन्ज उपमहानगरपालिका

अध्यक्ष : डिल्ली बराल
सचिव : दत्त आचार्य

कोहलपुर नगरपालिका

अध्यक्ष : बसन्ती अधिकारी
सचिव : तुलाराज बिष्ट

बैजनाथ गाउँपालिका

अध्यक्ष : चन्द्र बहादुर थारु
सचिव : मिरा कार्की

खजुरा गाउँपालिका

अध्यक्ष : राज कुमार बि.क.
सचिव : यम बहादुर महतारा

जानकी गाउँपालिका

अध्यक्ष : पदम धिताल
सचिव : नारायण गिरी

राप्तीसोनारी गाउँपालिका

अध्यक्ष : चाम बहादुर घर्ती
सचिव : मनोज के.सी.

नरैनापुर गाउँपालिका

अध्यक्ष : प्रमोद मिश्र
सचिव : मेराज खाँ

डुडुवा गाउँपालिका

अध्यक्ष : सकिल अहमद खाँ
सचिव : भोला यादव

  • २८ मंसिर २०७५, शुक्रबार १८:०० प्रकाशित
  • Nabintech