दररेट पेस गर्न जनस्वास्थ्य कार्यालय बाँकेकाे अाग्रह
  • काँचुली खबर

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य जाँचमा मनपरी शुल्क लिएको गुनासोपछि सरोकारवालालाई लिखित दररेट पेस गर्न आग्रह गरेको छ ।
बाँकेमा सञ्चालनमा रहेका सबै स्वास्थ्य केन्द्रले सेवाग्राहीसाग अहिले लिने गरेको शुल्क रेट मागेको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
सरकारी तथा निजी स्वास्थ्य संस्थाले ल्याबलगायतका जाँचमा तीन-चार गुणा बढी शुल्क लिने गरेको गुनासो आउप्छि कार्यालयले यस्तो दररेट माग गरेको हो । सरकारीमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले लिने गरेको ल्याबलगायतका जाँच शुल्क महँगो लिने गरिएको गुनासो आएको छ । स्वास्थ्य जाँचमा एकरूपता गर्न एक समिति पनि गठन भएको छ ।
जिल्ला जनस्वास्थ्य, जिल्ला प्रशासन, ल्याब एसोसिएसन, उद्योग वाणिज्य संघ र उपभोक्ता अधिकार संरक्षण मञ्चलगायतको सयुक्त सहभागिता रहने गरी समिति बनाइएको हो । तर, उक्त समितिले अहिलेसम्म यस्ता संस्थामा पुगेर अनुगमन समेत गर्न सकेको छैन् ।
बाँकेमा सरकारी तथा निजी गरी १७ अस्पताल छन् । पोलिक्लिनिक १२, प्याथोलोजी तथा डाइग्नोस्टिक ४०, स्वास्थ्य क्लिनिक ५७, एक्सरे ६, भिडियो एक्सरे ५, आँखा अस्पताल ३, दाँत क्लिनिक ११, फिजियो केयर २ गरी १ सय ५३ स्वास्थ्य केन्द्र छन् । ठूला अस्पातलका आफ्नै ल्याब, एक्सरे सेवा सञ्चालनमा छन् ।

  • २६ मंसिर २०७५, बुधबार १४:४५ प्रकाशित
  • Nabintech