काेहलपुर वाणिज्य संघका उपाध्यक्षकाे पसलमा चाेरी
  • काँचुली खबर

ईलाका प्रहरी कार्यालय काेहलपुरकाे मुखैमा रहेकाे एक ईलेक्ट्राेनिक्स पसलमा चाेरि भएकाे छ । मंगलबार राति काेहलपुर न्युराेडमा रहेकाे पप लाईफ ईलेक्ट्राेनिक पसलमा चाेरी भएकाे पसलका संचालक प्रदिप भट्टराईले जानकारी दिए । काेहलपुरकाे मुटु मानिने न्युराेड चाेकमा रहेकाे उक्त पसलकाे उत्तरतर्फकाे सटर फाेडेर ७ लाख मूल्य बराबरका ३५ वटा माेवाईल सेट चाेरी गरिएकाे भट्टराईले पुष्टि गरेका छन ।

ईलाका प्रहरी कार्यालयदेखि करिव १०० मिटरकाे दुरिमा रहेकाे उक्त पसलकाे ताला फाेडेर माेवाईल लगाएतका  ईलेक्ट्राेनिक्स सामानहरू चाेरी हुँदा समेत प्रहरी वेखवर भएकाे भन्दै स्थानिय ब्यापारिहरूले दुख ब्यक्त गरेका छन । पसलमा रहेकाे सिसि टिभिमा चाेरि हुँदै गरेकाे भिडियाे समेत रेकर्ड भएकाे पसल संचालक भट्टराईले जानकारि दिए । भट्टराई काेहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत हुन ।

१ महिनामा १० वटा पसलमा चाेरी

यसैबिच पछिल्लाे समय काेहलपुर क्षेत्रमा चाेरीका घटना बढ्दै गएकाे भन्दै स्थानीय ब्यापारीहरूले चिन्ता ब्यक्त गरेका छन । पछिल्लाे एक महिनामा नगरभित्रका १० वटा पसलमा चाेरी भएपछि स्थानिय व्यवसायीहरू त्रसित भएका हुन । उनिहरूले शुरक्षाकाे प्रत्याभुति दिलाउन ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख रमेश सिहलाई ध्यानाकर्षण समेत गराएका छन । सुरक्षित वातावरणमा व्यवसाय संचालन गराउन विशेष सुरक्षा नीति लागू गर्न व्यवसायीहरूले माग गरेका छन ।

 

  • २६ मंसिर २०७५, बुधबार १४:०५ प्रकाशित
  • Nabintech