दशाैं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा हुने भएकाे छ । फातिमा फाउण्डेशन नेपालको आयोजना तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को सहआयोजना र जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसनकाे सहकार्यमा अाज दशौं मानव अधिकार महाभेला अायाेजना गरिएकाे हाे ।
मानव अधिकार सन्जालको बैठकले नेपालगन्जमा हुने प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्नको लागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरेको थियो । उपसंयोजकमा जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसन र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र(आईएचआरसी) रहेका छन् ।
त्यसै गरि सदस्यहरुमा ईन्सेक, सिविन, हिमराईट्स, फियान नेपाल, द्धन्द्ध पीडित तथा एकल महिला सन्जाल, न्यायको लागि द्धन्द्ध पीडित समाज र नेपाल पत्रकार महासंघ रहेका छन् । दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल बनाउन बाँके, बर्दिया र दाङ जिल्लाबाट करिव १०० बढी मानवअधिकारकर्मीको सहभागिता हुने फातिमा फाउण्डेशन नेपालका मैमुना सिद्धिकीले जानकारी दिइन् ।
२६ मंसिर २०७५, बुधबार १२:५५ प्रकाशित