वडास्तरबाटै लागुऔषध नियन्त्रण तथा शान्तिसुरक्षा कायम राख्न प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकाका वडाहरुमा समुदाय प्रहरी वडा समिति गठन गरिएको छ । अभियान अन्र्तगत कोहलपुर नगरपालिका वडा नं. १० मा वडाध्यक्ष निम बहादुर चलाउनेको संयोजकत्वमा १३ सदस्यीय समुदाय प्रहरी वडा समिति गठन गरिएको हो ।
समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै एवम् समुदाय प्रहरी साझेदारी कार्यक्रमबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले केन्द्रिय कार्यक्रम अन्तर्गत सबै स्थानीय तहहरुमा समुदाय प्रहरी नगरपालिका, पालिका र वडा समितिहरु विस्तार भइरहेको जानकारी दिए । अब वडास्तरमा रहेका हरेक क्षेत्रका नागरिकहरुलाई थप जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । समुदाय प्रहरी कार्यक्रम अन्तर्गतका समितिका पदाधिकारीहरु आफ्नो वडा क्षेत्रभर हुने लागु औधष न्युनिकरण तथा शान्ति सुरक्षा कायम राख्न थप जिम्मेवारी लिने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी नायब उपरीक्षक सिंहले स्थानिय जनताको सहभागिता विना प्रहरीको अभियानले सार्थकता पाउन नसक्ने भन्दै सहयोगका लागि सबैलाई आग्रह गरेका छन् ।

वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
वडा नं. १० विस्तार गरिएको प्रहरी वडा समितिको सदस्यहरुम वडा सदस्यहरु गीता वली, ओम प्रकाश वर्णवाल, सुन्दरी नेपाली, हरी प्रसाद थारु, हाइस्कुल प्रहरी बिट इन्चार्ज रञ्जित खड्का, सामुदायिक प्रहरी सेवा केन्द्रका पुर्व सह सचिव शुसिल सापकोटा, पत्रकार निर्मल आचार्य, महिला सञ्जाल तथा आमा समुहबाट बाल कुमारी आचार्य, गौरा भट्टराई, स्थानिय क्लबका तर्फबाट पुरन चौधरी, नागरिक समाजका तर्फबाट बिमला शाही, पदम बहादुर खड्का रहेका छन् । समिति विस्तारकालागि विभिन्न क्षेत्र तथा वडाका जनप्रतिनिधीहरु राख्ने व्यवस्था अनुसार समिति विस्तार गरिएको वडाध्यक्ष तथा समिति संयोजक चलाउनले बताए ।
२३ मंसिर २०७५, आईतवार १७:४५ प्रकाशित