कोहलपुर जेसिज वर्ष २०१९ को अध्यक्षमा संगिता सुवेदी निर्वाचित भएकी छन । शनिबार सम्पन्न जेसिजको ११ औं शाखा अधिवेशनबाट सुवेदी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा धुब्र आचार्य र राम प्रसाद पाण्डे चयन भएका छन भने उपाध्यक्षमा दिपेन्द्र के.सी., राकेश विष्ट, अनु न्यौपाने र रामकुमार पौडेल चयन निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य निर्मल आचार्यले जानकारी दिए ।
यसैबिच नव निर्वाचित अध्यक्ष सुवेदीले महासचिवमा संगम खनाललाई नियुक्त गरेकी छन भने सचिवमा कपील शाह, कोषाध्यक्षमा बिक्रम भुषाल र सह-कोषाध्यक्षमा सुर्य बस्याललाई नियुक्त गरेको निर्वाचन अधिकृत प्रकाश लामिछानेले जानकारी दिए । त्यसैगरी कानुनी सल्लाहकारमा लुना बुढाथोकीलाई चयन गरिएको छ ।
त्यस अघि उद्घाटन सत्रमा बोल्दै कोहलपुुर जेसीसका संस्थापक उपाध्यक्ष विष्णु खनालले जेसीसले नयाँ कुरा र बोल्न सिकाउने भएकाले जेसीजमा लाग्न यूवाहरुलाई अनुरोध गरेका छन् । समाजिक कार्य गर्नका लागि जेसीजको स्थपाना भएको बताउँदै यूवा शक्ति जेसीजमा आवद्ध हुन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर जुनियर जेसीजका अध्यक्ष गणेश विष्टले यूवाहरु सकरात्मक सोचको विकास गर्नका लागि जेसीजले महत्वपूर्ण भूमिका खेलेको बताए । कोहलपुर जेसीज २०१८ का अध्यक्ष बुद्धि थापाको सभापतित्वमा सम्पन्न भएको कार्य्रक्रममा जेसीजप्रेमीहरुको सहभागिता रहेको थियो ।
२२ मंसिर २०७५, शनिबार १७:५१ प्रकाशित