कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीको अध्यक्षमा पुनः शेरेन्द्र कुमार सोनी निर्वाचित
  • काँचुली खबर

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीको छैटौं अधिबेशनबाट पुनः दोस्रो कार्यकालको लागि शेरेन्द्र कुमार सोनी सर्बसम्मतिले चएन भएका छन । शुक्रबार बाँकेको चिसापानी मेडिकल कलेजको हलमा भएको छैटौं पुन सोनी अध्यक्षमा निर्बाचित भएका हुन । उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले व्यवस्थापन पक्षसँग सघंसंगठनको नङ र मासुको सम्वन्ध रहेको तर कहिलेकाही व्यवस्थापन पक्षले आम कर्मचारीहरुको हकहित लाई कुण्ठित पार्न खोजेकोले कर्मचारीहरुका माग वार्ता र छलफलबाट टुङ्गोमा पुर्याउनु पर्नेमा जोड दिनु दिएका थिए । नव निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बश्यालले गराउनु भएको थियो, भने निर्वाचन मण्डलको अध्यक्षमा टी.एन.रावत सदस्यहरुमा गोकर्ण शाही , रमेश जि.सी. , के.पी. घिमिरे , लंक रोकायले पदाधिकारीहरुलाई सर्वसम्मतिले मिलाउनु भएको थियोे ।उक्त पदाधिकारीहरुको कार्यकाल ३ बर्षको रहेको छ । 
अधिबेशनको सभापतित्वमा शेरेन्द्र कुमार सोनी , प्रमुख अतिथिमा कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बश्याल, बिशिष्ट अतिथिमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष टी.एन. रावत, आमन्त्रित बिशिस्ट अतिथिमा प्रोफेसर डा. आर.सी. चौधरी , अतिथिहरुमा कर्मचारी संगठनका उपसभापति हरि चालिसे , सुमन गिरी, महासचिव रत्न कुमारी गिरी, उप महासचिव गोकर्ण शाही , सचिव केदारनाथ सापकोटा , कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्का , नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका बरिस्ठ उपसभापति बिमल आचार्य, कर्मचारी संघका केन्द्रीय बरिस्ठ उप सभापति पुरन सिंह ठकुरी , सचिब नारायण प्रसाद पोखरेल, लगायतका अतिथिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • १५ मंसिर २०७५, शनिबार १०:२३ प्रकाशित
  • Nabintech