नेकपा प्रदेश समितिमा बाँकेबाट परेका नेताहरु
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सह-इञ्चार्ज तोकिसकेको छ ।

सार्वजनिक सुचि अनुसार प्रदेश समितिमा बाँकेबाट साविकको एमालेबाट ८ र माओवादीबाट ११ गरी १९ जना चयन भएका छन् । पार्टी एकिकरणको लामो समयपछि प्रदेश कमीटीको टुङ्गो लागेको हो । यी हुन बाँकेबाट नेकपाको प्रदेश कमीटीमा छनोट भएका नेताहरु :

साविकको एमालेबाट

१. अशोक कोइराला

२. हरिभक्त अधिकारी

३. डम्बर सुबेदी

४. बेदनिधी प्याकुरेल

५. शान्ती ढकाल

६. नन्दलाल रोकाय

७. पुजन बिश्वकर्मा

८. आरती पौडेल

साविक माओवादीका तर्फबाट

१. प्रकाश सुबेदी

२. इन्द्रप्रसाद खरेल (आईपी)

३. अत्तर हुसेन फारुकी

४. पार्वती पुन

५. अकलबहादुर बम

६. कृष्णा केसी

७. डम्बर बिक

८. नरेन्द्र न्यौपाने

९. नरेन्द्र पाण्डे

१०. गेहेन्द्र रिजाल (नविन)

११. पटटु थारु

  • १३ मंसिर २०७५, बिहीबार १८:१६ प्रकाशित
  • Nabintech