शान्ति, सद्भाव र एकता राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ नेपालगन्जमा शनिवार भएको चौथो ब्राइटल्याण्ड नेपालगन्ज म्याराथन दौडमा फुुल म्याराथान दौडतर्फ नेपाल प्रहरीका भुमिराज राईले प्रथम भई ट्रफी चुम्न सफल भएका छन् । उनले ४२ किलो मिटरको दुरी २ घण्टा ३३ मिनेट २० सेकेण्डमा पार गरेका थिए ।
त्यसै गरि दोस्रो स्थानमा एपिएफका खिम बहादुर खत्रीले २ घण्टा ३५ मिनेट ३२ सेकेण्डमा पार गरेका थिए भने तेस्रो हुुने एपिएफका गणेश ठकुरीले २ घण्टा ४७ मिनेट २८ सेकेण्डमा पार गरेका थिए । चौथो हुने बर्दियाका बल बहादुर सुनारले ३ घण्टा १० मिनेट २८ सेकेण्डमा पार गरेका थिए । पाँचौ हुने नेपाल प्रहरीका भिम बहादुर रोकायले ३ घण्टा २० मिनेट ९ सेकेण्डमा पार गरेका थिए । छैठौ हुने नेपाल प्रहरीका प्रमोद खड्काले ३ घण्टा २१ मिनेट ५० सेकेण्डमा पार गरेका थिए । सातौ हुने नेपाल प्रहरीका गोपाल बुढाले ३ घण्टा २४ मिनेट ३७ सेकेण्डमा पार गरेका थिए भने आठौ हुन सफल बाँकेका हरि घनकले ३ घण्टा २५ मिनेट ४० सेकेण्डमा पार गरेका थिए । बिजयी हुुनेलाई क्रमशः ६० हजार, ३० हजार, २० हजार, १० हजार, ८ हजार, ७ हजार, ६ हजार र ५ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको कार्यक्रम संयोजक यमनारायण महतोले जानकारी दिए ।
त्यसै गरि हाफ म्याराथन दौड महिलातर्फ प्रथम भई एपिएफका कान्छीमाया कोँजुले उपाधि हात पार्न सफल भईन । उनीले २१ किलोमिटरको दुरी १ घण्टा २२ मिनेट ४२ सेकेण्डमा पार गरेका थिए । त्यसै गरि दोस्रो हुन सफल बृन्दा धन्के श्रेष्ठले १ घण्टा २५ मिनेट ४४ सेकेण्डमा पार गरेका थिए । तेस्रो हुन सफल एपिएफका कृष्णस्वरी सिन्टकलाले १ घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पार गरेका थिए । चौथो हुन सफल पूर्वी रुकुमका कञ्चन पुन मगरले १ घण्टा ४३ मिनेट २९ सेकेण्डमा पार गरेका थिए । पाँचौ हुन सफल कालिकोटका बतीसरा बमले २ घण्टा २० मिनेटमा पार गरेका थिए । छैठौ हुन सफल बाँकेका अन्जु मल्लले २ घण्टा २९ सेकेण्डमा पार गरेका थिए । उनीहरुले क्रमशः ३० हजार, १५ हजार, १० हजार, ८ हजार, ७ हजार, ५ हजार सहित प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।
त्यसै गरि ५ किलो मिटर दौडमा पुुरुषतर्फ जुुम्लाका नरेश बुढाले प्रथम स्थान हासिल गरेका छनु । उनले ५ किलो मिटर दुरीलाई १६ मिने ३५ सेकेण्डमा पार गरेका थिए । त्यसै गरि दोस्रो हुन सफल बर्दियाका माधव चौधरीले १६ मिनेट ५६ सेकेण्डमा पार गरेका थिए । तेस्रो हुन सफल कालिकोटका सन्तोषनाथ योगीले १६ मिनेट ५७ सेकेण्डमा पार गरेका थिए भने चौथो हुन सफल जुुम्लाका प्रकास कठायतले १६ मिनेट ५८ सेकेण्डमा पार गरेका थिए । ५ किलो मिटर दौडमा पुरुषतर्फ बिजयी हुनेलाई क्रमशः नगद ५ हजार, ५ हजार, २ हजार र १ हजार साथै प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसै गरि ५ किलो मिटर दौडमा महिला तर्फ कालिकोटका मंगला बुढाले प्रथम स्थान हासिल गर्न सफल भएकी छिनु । उनीले १९ मिनृट ४९ सेकेण्डमा पार गरेका थिए । दोस्रो हुन सफल दाङका अनिषा चौधरीले २० मिनेट ३९ सेकेण्डमा पार गरेका थिए । तेस्रो हुुन सफल दाङका सुमित्रा चौधरीले २० मिनेट ५५ सेकेण्डमा पार गरेका थिए भने चौथो हुुन सफल जुुम्लाका रेजिना बस्नेतले २१ मिनेटमा पार गर्न सफल भएका थिए । ५ किलो मिटर दौडमा महिलातर्फ बिजयी हुनेलाई क्रमशः नगद ५ हजार, ५ हजार, २ हजार र १ हजार साथै प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । २ किलो मिटर वाकथानमा प्रदिप पण्डित प्रथम रामलाल यादव दोस्रो र केशव बिसी तेस्रो भएको बरिष्ठ एथ्लेटिक्स प्रशिक्षक रेस डाईरेक्टर चन्द्र बहादुर गुरुङले जानकारी दिए ।
क्रियटिभ हयाण्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विस्ट, नेपालगन्ज उपमहानगरपालिका मेयर धवल शम्सेर राणाले पूरस्कार वितरण गरेका थिए । दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन २०६३ मंसिर ५ गतेलाई संस्मरण गर्दै नेपालगन्ज म्याराथनको आयोजना गरिएको क्रियटिभ हयाण्ड्सका अध्यक्ष टिएस ठकुरी जानकारी दिए । सोही अवशरमा गिनिज बुकमा आफनो नाम लेखाउन सपल धावक हरि बहादुर रोकायलाई उपचारको सहयोगको लागि बाँके जिल्लाा तथा मध्य पश्चिम खेलकुद विकास समितिमा कार्यरत प्रशिक्षक तथा कर्मचारीहरुले नगद २० हजार सहयोग गरेको मध्य पश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओली जानकारी दिए ।
८ मंसिर २०७५, शनिबार १४:०० प्रकाशित