बिहिबार दिउँसो हुलाकी सडक अन्तरगत गुलरीया नगरपालिका १ खैरापुरमा भएको बस दुर्घटनामा परि घाईते भएका सबैको परिचय खुलेको छ । दुर्घटनामा घाईतेहरुको नेपालगञ्ज नर्सिङ अस्तालमा उपचार भईरहेको छ । घाइतेहरुमा ५९ वर्षीय विर बहादुर परियार, ४५ वर्षीय झुपलाल शर्मा, ७९ वर्षीय तेज बहादुर चौधरी, ४५ वर्षीय राम कुमार चौधरी, २१ वर्षीय कृष्ण चौधरी, ७७ वर्षीय दुलारु थारु र ७४ वर्षीय बोगिया थारु रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
यस्तै जिल्ला अस्पतालमा उपचाररत घाइतेहरुमा ४० वर्षिया तुलसी केसी, ४७ बर्षिय जगपति थारु, १७ बर्षिया भगवती मल्ल, ८५ वर्षीया रोगधी थारु र जंगली थारु, ३० वर्षीया सावित्री चौधरी, २८ वर्षिया नन्दकला सिंह, २० वर्षीया निरा परियार, १६ वर्षीया आशारानी चौधरी र ४१ वर्षीय अम्मर सिंह वि.क. रहेका छन् । बस चालक गेरुवा गाउँपालिकाका ३० वर्षीय भिन्दु थारुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिनुभयो । तिव्र गतिमा गुडिरहेको बस हुलाकी सडकमा राखिएको ब्रेकरमा चढ्दा अनियन्त्रित भई कुलोमा पल्टिएको चालक चौधरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट गेरुवा गाउँपालिकाको गोला जाँदै गरेको ना ३ ख ८५५४ नम्बरको बस दुर्घटना हुँदा बासगढी नगरपालिका माछागडका ४५ वर्षीय कर्ण बहादुर सुनारको घटनास्थलमै ज्यान गएको थियो भने १७ जना घाईते भएका थिए ।
(जनता समाचारबाट साभार)
६ मंसिर २०७५, बिहीबार १९:०२ प्रकाशित