कैलाली – बालिका करणी गरेको आरोपमा ६८ बर्षिय बृद्ध पक्राउ परेका छन्। उदयपुर गाँईघाट ४ स्थायी घर भएका स्पन्दन राईले धनगढी उप–महानगरपालिका ४ कि ५ बर्षिया बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको हो। धनगढी उप–महानगरपालिका ४ मा आफन्तको घरमा २२–२३ दिनदेखि बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ। उनले ५ बर्षिया बालिकालाई आफु बस्ने घरमा ल्याएका थिए । राईले बलिकाको सुरवाल च्यातेको आमाले देखेर सोधेपछि बालिकाले आमालाई बाजेले करणी गरेको भनेको प्रहरीले जनाएको छ।
२५ कार्तिक २०७५, आईतवार १२:३५ प्रकाशित