बाँके- भारतको दिल्लीबाट ४० नेपाली महिलाहरुको उद्दार गरि नेपाल ल्याइएको छ । नेपालबाट ललाई फकाई र प्रलोभनमा पारी भारत पु¥याएका ४० जना महिलाको भारतबाट उद्दार गरिएको हो । माइती नेपाल इन्डिया, नेपाली दुतावास, माइती नेपाल, भारतीय प्रहरीको सक्रियतामा अन्यायमा परेका ४० जना महिलाको उद्दार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए । भारतको दिल्ली स्थित जिवीरोड १२४ को कोठीबाट ३ जना र भारतको एयरपोर्ट हुदै खाडीमुलुक लैजादै गरेको अवस्थामा ३७ महिलाहरुलाई उद्दार गरिएको माइती नेपाल इन्डियाले जानकारी गराएको छ । १२४ नं. कोठीमा रहेका ३ नेपाली ३÷४ बर्षपहिले बेचिएर कोठीमा काम गर्न बाध्य भएको माइती नेपाल इन्डियाका संयोजक बालकृष्ण पाण्डेले जानकारी गराउनुभयो । कोठीमा रहेका नेपाली महिलाहरु बाँके, झापा, नुवाकोट, कपिलबस्तु, दैलेख, इलाम, रामेछाप, सुनसरी लगायत ठाउँका रहेका छन । उनिहरुको उमेर १८ बर्षदेखि २८ बर्ष उमेरसम्म रहेको माइति नेपाल इन्डियाका संयोजक पाण्डेले जानकारी गराउनुभयो । ३७ जना महिलालाई खाडी मुलुकको होटल, अफिस, घर लगायतको कार्यमा रोजगारी लगाई दिने प्रलोभनका लागि एक जनाबाट ४ लाखको दरले रकम उठाएको माइती नेपालले जानकारी गराएको छ । केदार भन्ने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरि सोधपुछ पछि धेरैको संख्यामा महिलाहरुलाई उद्दार गर्न सफल भएको माइती नेपाल इन्डियाका संयोजक पाण्डेले बताउनुभयो । करिव २ महिना लागेर ४० जना महिलाहरुलाई उद्दार गर्न सफल भएको संयोजक पाण्डेले जानकारी गराउनुभयो ।
५ सय भन्दा बढि नेपाली महिलाहरुलाई बेचिएको आरोपमा केदार भन्नेलाई पक्राउ पछि थप महिलाहरुलाई पनि खाडीमुलुकको कतार, साउदी, कोलम्बीया, मेलेसिया जस्ता ठाउँमा काम लगाई दिने भन्दै लैजाने तयारी अवस्थामा रहेका महिलाहरुलाई उद्दार गरि नेपाल ल्याईएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले जानकारी गराउनुभयो ।
उद्दार गरिएकाहरुलाई उनिहरुको परिवारसमक्ष सम्पर्क गरि छाड्ने माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले जानकारी गराउनुभयो । भारतबाट नेपाल ल्याउन ५ जना भारतीय सुरक्षाकर्मी सहित ४० जना महिलाहरु नेपाल ल्याईएको थियो ।
१९ कार्तिक २०७५, सोमबार १६:३४ प्रकाशित