राप्तिसोनारी – बाँकेका एक जनप्रतिनिधिले आप्mनो वार्षिक सेवा सुविधाबाट प्रतिक्षालय निर्माण गरेका छन । स्थानिय सरकारको प्रतिनिधी समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानेन्द्रराज वलीले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा बापतको रकम सामाजिक क्षेत्रमा लगाएका हुन । वलीले राप्ती सोनारी गाँउपालिका–२ बेलवासमा २ लाख ३१ हजार लागतमा पक्की प्रतिक्षालय निर्माण गरिदिएका हुन ।
वलीले आप्mनो एक वर्षको सेवा सुविधाबाट वडामा प्रतिक्षालय निर्माण गराउनुका अलावा सोही वडामा रहेको खेलमैदानको स्तरोन्नती गरी स्थानिय समुदायकालागि शिव लिङ्ग सहितको पुजास्थल समेत तयार गरिदिएका छन । स्थानियस्तरमा हुने बिभिन्न कार्यक्रमहरुकालागि निश्चित स्थान नहुँदा समस्या देखिएकाले त्यसको विकल्पका रुपमा प्रतिक्षालय स्थापना गरिएको वडा सदस्य वलीले बताए । ‘प्रतिक्षालय स्थापनासँगै टोलभेला, बैठक, साँस्कृतिक कार्यक्रम लगाएत गाँउघरमा हुने विभिन्न कार्यक्रम गर्न सहज हुने विश्वास लिएको छु’ वलीले भने ।
वलीको ब्यक्तिगत लगानीमा निर्माण गरिएको उक्त प्रतिक्षालय लगाएतका संरचनाहरुको सोमबार उद्घाटन गरिएको छ । राप्तीसोनारी गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष मदन वली र प्रतिक्षालय निर्माणकर्ता तथा वडा सदस्य ज्ञानेन्द्रराज वलीले प्रतिक्षालयको संयुक्त रुपमा उद्घाटन गरेका छन । वलीको पहलमै वडाभित्रका बिभिन्न बाटोहरुमा ग्राभेल गरिएको छ भने लक्ष्मी माविको खेल मैदान समेत मर्मत गरिएको वलीले जानकारी दिए । यसअघि राप्तीपारी बाढीबाट प्रभावित समुदायलाई राहत संकलन गर्ने कार्यमा समेत वडा सदस्य वलीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
१९ कार्तिक २०७५, सोमबार १४:३८ प्रकाशित