प्रदेशको प्राथमिकतामा कृषि र पर्यटन : मन्त्री गिरी
  • काँचुली खबर

५ नम्वर प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले कृषि र पर्यटकिय क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तर्जुमा गरि अघि वढ्ने बताएका छन् । प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निर्माणको प्रक्रियामै रहेको जानकारी दिदै उनले कानुन निर्माण पछि पर्यटन विकासका विशेष कार्यक्रमहरु अगाडी वढ्ने बताए । “कृषि र पर्यटन पाँच नम्व प्रदेशका विकासका मुख्य आधारहरु हुन” मन्त्री गिरीले भने, ”कानुन निर्माण संगै पर्यटकिय क्षेत्रको विकासका लागि गुरु योजना निर्माण गरि अघि वढ्छौं ।” प्रदेशका सम्भावित पर्यटकिय गन्तव्यको पहिचान संगै त्यसको विकास गर्ने गरि सरकारले पर्यटन विकासको रणनीति अगाडी वढाउने उनको भनाई छ । लुम्वीनी र स्वर्गद्धारी प्रदेशकै नमुना पर्यटकिय गन्तव्य भएकोले यसको प्रचारप्रसार र व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडी बढाउने उनले बताए । “लुम्वीनी र स्वर्गद्धारी वाटै प्रदेश समुन्नत वन्न सक्ने आधार प्रशस्त छ” पर्यटन मन्त्री गिरीले भने,यसको व्यवस्थापन र प्रचारप्रचार वाटै प्रदशे समुन्नत बन्न सक्छ ।” होटल व्यवसायि संघ प्यूठानको चौथो अधिवेशन तथा नवनीर्मित भवन उद्घाटन गर्दै मन्त्री गिरीले पर्यटन विकासमा होटल व्यवसायिको भूमिका महत्वपूर्ण हुने बताए । स्वरोजगार संगै पर्यटन क्षेत्रमा होटलहरुको योगदानलाई थप सुदृड गरेर अगाडी वढ्नु पर्ने उनले औल्याए । प्राकृतिक सम्पदा,वनजंगल पनि पर्यटन क्षेत्रका महत्वपूर्ण भाग भएकोले जंगल जोगाउन विभिन्न कार्यक्रम तर्जुमा गरिने उनले बताए होटल सेवा संगै स्वरोजगार सृजना र पर्यटन विकासमा होटल व्यवसायि संघ लागि पर्दै आएको संघका अध्यक्ष चन्द्रलाल न्यौपानेको भनाई थियो । संघले ५२ लाख ३३ हजार ६ सय ४४ रुपैया लागतमा भवन निर्माण गर्न सफल रहेको उनले बताए । अधिवेशनले नयाँ तिन वर्षका लाग नयाँ नेतृत्व संगै नीति तथा कार्यक्रम तर्जुमा गरि अघि वढ्ने उनले बताए ।

  • १९ कार्तिक २०७५, सोमबार १०:५३ प्रकाशित
  • Nabintech