अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले कानुन निर्माणको बाहानामा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको बताएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरेले भने, ‘गाँउको एउटा किसानले तिरेको करबाट राष्ट्र सेवक कर्मचारीहरु पालिएका छौ त्यसले गर्दा आफुहरु जनता प्रति कति उत्तरदायी छौ त्यो बिचार र आत्म समिक्षा गर्ने समय आएको छ ।’
अहिले बहुमतको सरकार भएको हुदा स्थानिय निकाय र प्रदेश सरकार स्थापनाको संक्रमणमा छन, कानुनि निर्माता पनि उहाँहरुनै भएको हुदा स्थानिय सरकार र प्रदेश सरकारलाई भ्रष्टचार गर्ने छुट नभएको प्रमुख आयूक्तले बताए । घिमिरेले प्रदेश सरकार स्थानीय सरकार र राष्ट्रसेवक कर्मचारीहरु कसैलाई पनि असफल हुने छुट नभएको बताउँदै यदी असफल भएर त्यसका बिरुद्ध नेपाली जनता उठेमा हातमा टोपी लिएर भाग्नुको बिकल्प नहुने बताए । हरेक तहमा अख्तियारको आँखा गैरहेको उल्लेख गर्दै घिमिरेले निर्माणको क्षेत्रमा काम गर्ने पप्पु कन्ट्रक्सनका प्रमुखको साँसद पद निलम्बनमा परेको समेत उल्लेख गरे ।
बिभिन्न सरकारी कार्यालयहरुमा अख्तियारको रहरले स्ट्रिङ्ग अपरेशन नभएको उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले कुनै पिडित सेवाग्राही आफनो समस्या लिएर आउँदा आयोगसंग अर्कौ बिकल्प नहुने बताए । घिमिरेले आयोगको प्राथामिकता भ्रष्टाचार संग सम्झौता गर्ने नभई भ्रष्टाचार न्युनीकरणमा क्रियासिलता रहेको बताउदै त्यसका लागी आयोग हरेक निकाय संग समन्वय र सहकार्य गर्न तैयार रहेको बताए । आयूक्त घिमिरेले पछिल्लो समयमा स्थानिय निकायहरुमा भष्टचार मौलाउदै गएको उल्लेख गर्दै यसलाई रोमथाम गर्न सबै सरोकारवाला निकायहरु अग्रसर हुन पनि आग्रह गरेका थिए ।
१७ कार्तिक २०७५, शनिबार ११:४७ प्रकाशित