डा. योगी विकासानन्द कोहलपुरमा आउदै !
  • काँचुली खबर

असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्र कोहलपुरद्धारा बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत डा. योगी विकासानन्द कार्तिक १९ गते कोहलपुरमा आउने जानकारी गराईएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि निलसागर आश्रमका प्रमुख अभिभावक विजय कुमार गुप्ताले “स्थानिय सरकारले छाडा पशु चौपायको व्यवस्थापनमा बजेटको व्यवस्था गर्दा बेसहारा र अलपत्र नागरिकका लागि बजेट व्यवस्था किन गरेन ? बाटामा भेट्दा खाना खुवाउने, पुराना कपडा बाड्छ तर घर लिएर परिवारको सदस्य बनाउन कसैले चाहदैन्, किन ? किन मान्छे सँग मान्छे तर्सन्छ भन्दै एकअर्काका लागि सहारा बन्न र माया गर्नु मान्छेको पहिलो दायित्व भएको दाबी गरे ।

निलसागर बाँके कि अध्यक्ष सरिता खनालले आश्रममा ८० जना बृद्धबृद्धा र बालबालिकालाई सहारा दिईरहेको र बिद्यालय समेत पठाउने गरेको सुनाईन ।धेरै अलपत्रहरु कोहलपुर बाट नेपालगञ्ज पुग्ने गरेको भन्दै कोहलपुरमै आश्रमको खाँचो रहेको औल्याईन । स्वामी विवेकानन्दले शान्ति र आत्मनिर्भरताका लागि थुप्रै काम गरे पनि राज्यको साथ र सहयोग नपाएको चर्चा गरिन् । योगी विकासानन्दको १५ र १६ गते नेपालगन्जको बागेश्वरी मन्दिर परिसर, १७ र १८ गते भारतको बहराईचमा र १९ गते बिहान नेपालगञ्जमा र दिउसो कोहलपुरको मेडिकल कलेजमा कार्यक्रम रहेको निलसागर बृद्धा आश्रमका उपाध्यक्ष अमन सुवेदीले जानकारी दिए ।

लाखौंको संख्यामा भक्तजनहरु रहेका स्वामी विवेकानन्द निराश भएका ,डिप्रेशनमा परेकाहरुको अचुक औषधी रहेको भन्दै कार्यक्रममा सहभागी हुन सबैमा आह्जान गरेका छन ।

  • १५ कार्तिक २०७५, बिहीबार १३:३७ प्रकाशित
  • Nabintech