पश्चिम नेपालको ऐतिहासिक धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा रहेको पोखरीमा बोटिङ्ग सुरु गरिएको छ । घटस्थापनाको अवसर पारेर सर्वसाधारणकालागि बोटिङ्ग खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
नेपालको एकमात्र जुङ्गे महादेवको मुर्ति स्थापना गरिएको उक्त पोखरीमा निश्चित रकम तिरेर बोटिङ्ग गर्न पाउने व्यवस्था मिलाईएको छ । रु. ५० को टिकटमा आधा घण्टासम्म बोटिङ्गको लाभ उठाउने सकिने वागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिले जनाएको छ ।
३ कार्तिक २०७५, शनिबार १३:१६ प्रकाशित